साउनमा रोजगारीका लागि ५९ हजार विदेशिए


काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको सख्या केही  बढेको छ ।  आवको साउन महिनामा मात्र ५९  हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक  वर्षको साउन महिनामा  ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । 


वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आव २०८१्०८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।  साउनमा २५ हजार ५९७ जनाले  संस्थागत रूपमा श्रम स्वकृति लिएका छन् भने  १० हजार ७५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय