चितवन - नारायणगढ-मुग्लिन सडक खण्डको भरतपुर १, पानी ट्याङ्की ओरालोमा दुई बस आपसमा ठोक्किँदा साइकल यात्रीको मृत्यु भएको छ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार, आज दिउँसो ४:२० बजे मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बा।प्र। ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ ख ८५५ नम्बरको बसलाई ठक्कर दिएपछि अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी भरतपुर १ रामनगरका ६४ वर्षीय राम थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापालाई भरतपुर अस्पताल पुर्याइए पनि उपचार सुरु हुन नपाउँदै उनको निधन भएको चिकित्सकहरूले बताएका छन्। हाल दुबै गाडी र तिनका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।