कुशल बेलबासेको जाम हिनमा शिशिरको मनमोहक अभिनय (भिडियो सहित ) 

काठमाण्डौ । लोकप्रिय सर्जक तथा गायक कुशल बेलबासेको आवाज रहेको नयाँ गीत जाम हीन भर्खर मात्र सार्वजनिक भएको छ । 

अडियो र भिडियो उत्कृष्ट रहेको सो गीतमा लय तथा शब्द सिर्जना कुशल आफैले गरेका छन । गीतमा युवा मोडल शिशिर पौडेलले दमदार अभिनय गरेका छन भने उनलाई अभिनयमा उषा उप्रेतीले साथ दिएकी छन । 

माया प्रेमलाई विषय बनाइ तयार पारिएको गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन । गीतले छोटो समयमै धेरैको माया समेत पाइरहेको मोडल पौडेलले हामीलाई जानकारी दिनु भयो ।  

 

प्रतिक्रिया