धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

काठमाडाैं - धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ स्थित पोखरीमा बुधबार साँझ तीन बालकको डुबेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार, मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह, र १४ वर्षीय सुशान्त साह रहेका छन्।

उनीहरु हजुरबुबा महावीर साहको घरमा भोज खान आएका थिए, जहाँ बुधबार वर्षीको भोज चलिरहेको थियो। घटना साँझ साढे ७ बजे भएको हो। बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु थिए।प्रहरीका अनुसार, भोजमा सबै व्यस्त हुँदा बालकहरु पोखरीमा पौडी खेल्न गएका थिए, जहाँ उनीहरु डुबेको अनुमान गरिएको छ।

तीनै बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। यस घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय