महिला लघुवित्तमा ठूलो संख्यामा कर्मचारीको माग

काठमाडौंं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले ५ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) मा केही संख्यामा कर्मचारी मागेको छ ।

जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसइईमा १.६ जीपिए ल्याई उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण तथा कार्य अनुभव समेत खोजेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ३ गते) ले १५ दिन भित्र वित्तीय संस्थाको वेबसाईट को बाट तथा इमेल मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया