काठमाडौं - मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्। पृथ्वीको छाया चन्द्रमामा पर्ने यस खगोलीय घटना "नाङ्गो आँखा"ले हेर्न मिल्छ या मिल्दैन भन्ने विषयमा भने जानकारहरूमा फरक मत पाइन्छ।
ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार ज्योतिषशास्त्रमा चन्द्रग्रहण सीमित राशिहरूले मात्र हेर्न मिल्ने जनाइएको छ। उनले बीबीसीसँगको कुराकानीमा भने,"केही राशिहरूलाई नकारात्मक असर पर्ने भएकाले नाङ्गो आँखाले ग्रहण हेर्नु उचित मानिँदैन। परामर्श अनुरूप जसलाई नराम्रो प्रभाव पर्दैन उनीहरूले मात्र हेर्नु ठिक।"
यद्यपि, भौतिकशास्त्रीहरूले भने चन्द्रग्रहण हेर्न नहुने धार्मिक मान्यता भए पनि यसको कुनै वैज्ञानिक आधार नभएको बताएका छन्।
वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक तथा भौतिकशास्त्री डा. सनत कुमार शर्माले भने,"चन्द्रग्रहणले मानव शरीरमा कुनै पनि किसिमको असर नपुर्याउने विभिन्न अध्ययन तथा अनुसन्धानहरूको निचोड छ। हामीले पनि ग्रहणहरू हेर्दै विभिन्न अध्ययन गर्छौँ र आजसम्म असर देखिएको छैन।"प्रकृतिको हरेक स्रोत हरेक प्राणीको निम्ति बराबर हुने भएकाले ग्रहण कसैको निम्ति लाभदायी र कसैको निम्ति हानिकारक नहुने उनको तर्क छ।
त्यसको केही मिनेटपछि अर्थात् ५:२६ पछि नेपालमा चन्द्रग्रहण दर्शनीय हुने भनिएको छ।
जानकारहरूका अनुसार साँझ ६:३४ बजे चन्द्रग्रहणको अन्त्य हुनेछ।ग्रहणको समयमा "के गर्न हुन्छ के हुँदैन"
ज्योतिषशास्त्रमा ग्रहणको समयमा विभिन्न कार्य गर्न हुने या नहुने भनेर छुट्टाइएको हुन्छ।
ज्योतिषी रिजालका अनुसार खग्रास चन्द्रग्रहणको समयमा खाना खान नहुने मान्यता छ।
उनले भने,"वृद्ध वृद्धा, बालबालिका, बिरामी वा अशक्तहरूबाहेक अन्य व्यक्तिले ग्रहणको बेला भोजन गर्नु उचित मानिँदैन। यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बताइन्छ।"
BBC