बाँकेमा बस दुर्घटना: २ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौँ: बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डको गनापुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा दाङको तुलसीपुर निवासी ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय बसका सहचालक सन्तोष भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आज बिहान दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस गनापुर भन्ने स्थानमा अनियन्त्रित भई पल्टिँदा अन्य २७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार घाइतेहरूलाई भेरी अस्पताल, कोहलपुरस्थित मेडिकल कलेज, र नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ।प्रहरीले बस अत्यधिक गतिमा रहेको कारण दुर्घटना भएको बताएको छ।

प्रतिक्रिया