आफ्नै जीवनसँग मेल खाने बबिता बानियाँको नयाँ गीत - चोट 

काठमाण्डौ । भर्खर मात्र आफ्नो वैवाहिक जीवन अनत्य गरेकी लोकप्रिय गायिका बबिता बानियाँ जेरीले आफ्नो जीवनसँग करिब करिब मेल खाने गीत सार्वजनिक गरेकी छन । 

गीतमा उनैले अभिनय मात्र गरेकी छैनन् गीतको शब्द पनि आफैले बनाएकी हुन । गीतलाई चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बिसीले आवाज दिएका छन । गीतको लय भने विरही कार्कीले बनाएका हुन । 

गीतको म्युजिक भिडियो स्मृति तिमिल्सिनाले गरेकी छन भने अभिनयमा बानियाँलाई राजु आरडी र निरोज भट्टले साथ दिएका छन । 

 

प्रतिक्रिया