सालको पातका लोकप्रिय सर्जक नवराज पन्तको उत्कृष्ट सिर्जना "हार लाएर जाउ" - भिडियो सहित

काठमाण्डौ । कालजयी लोकदोहोरी सालको पातका सर्जक नवराज पन्तले एक पछि अर्को उत्कृष्ट सिर्जना दर्शक माझ प्रस्तुत गरिरहेका छन । यसै विच उनले सिर्जना गरेको नयाँ गीत हार लाएर जाउ भर्खर  मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई नै फरक धारबाट उठाइएको सो ग ीतको अडियो र भिडियोमा निकै मेहनत गरेका देख्न सकिन्छ । अपेक्षीत दर्शक बनाउन नसके पनि गीतलाई हेर्ने दर्शकले भने निकै मन पराएको प्रतिक्रिया दिएका छन । 

नवराज पन्तको उत्कृष्ट शब्द रहेको सो गीतमा संगीत संयोजन र लय सिर्जना भने आशिष अविरलले गरेका छन । गीतमा रञ्जित परियार र पूर्णका विसीको आवाज रहेको छ । मौषम हिमालीको निर्देशन रहेको गीतमा रञ्जित परियार,चक्र बम,जुना सुन्दास र अस्मिता पन्तको अभिनय रहेको छ । 

गीतलाई नवराज पन्तको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया