रेग्मीले अभिनय गरेको मौलिक गीत हो र हो सामाजिक सञ्जालमा भाइरल

काठमाण्डौ । गायन देखि अभिनय सम्म अब्बल कलाकार तेजश रेग्मीले अभिनय गरेको नयाँ गीत हो र हो सामाजिक सञ्जाल टिकटकमा निकै चर्चा कमाउन सफल भएको छ । 

नेपाली मौलिक शब्द र लय सिर्जनालाई टिपेर गीत बनाइएको छ । गीतमा पछिल्लो समयका चर्चित गायक प्रकाश पराजुली र गायिका रिना केसीको आवाज रहेको छ । गीतमा गोविन्द पौडेलको शब्द रहेको छ भने दिनेश क्षेत्रीले गीतको लय सिर्जना गरेका छन । 

कुमार केसीले निर्देशन गरेको गीतमा यादव देवकोटा,तेजश रेग्मी,रुविना अधिकारीको  अभिनय रहेको छ । गीतलाई तेजश रेग्मीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतका हरेक टुक्का टिकटकमा भाइरल जस्तै भएका छन । 

 

प्रतिक्रिया