कट्टा हान्दिन्छुलाई दश लाख भन्दा धेरै दर्शक, उत्कृष्टको सूचीमा एक नम्बर

काठमाण्डौ । केही दिन अघि मात्र सार्वजनिक भएको नयाँ गीत कट्टा हान्दिन्छुले उत्कृष्ट सफलता पाएको छ ।

 गीतले सार्वजनिक भएको छोटो समयमै दश लाख भन्दा धेरै दर्शक बनाएको छ भने उत्कृष्टको एक नम्बरमा आउन समेत सफल  भएको छ । गीत सामाजिक सञ्जालहरूमा निकै भाइरल भइरहेको छ । गीतले सफलता पाएसँगै निर्माण युनिट समेत खुसि छन ।

 मोडल आबी रायमाझीले गीतलाई मन पराइदिएको प्रति दर्शक स्रोतालाई आभार प्रकट गर्नु भयो । गीतमा एलिना चौहान र खेम सेञ्चु्रीले आवाज दिएका छन्, भने शब्द नेत्र अर्यालले लेखेका हुन । गीतमा संगीत भने गायक सेञ्चुरीकै रहेको छ ।

 गीतलाई रामजी लामिछाने निर्देशन गरेका छन भने रायमाझीलाई अभिनयमा आश्मा विश्वकर्माले साथ दिएकी छन । ओवीको पछिल्लो गीत छोटो समयमै निकै चर्चा पाउन सफल भएको छ ।

 

प्रतिक्रिया