नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

काठमाण्डौं - मुग्लिन नारायणघाट सडक फेरि अवरुद्ध भएको छ । बुधबार बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।

मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ ।

यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय