लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र एकनारायण भण्डारीको नयाँ गीत सार्वजनिक हुने खबरले दर्शक उत्साहित 

काठमाण्डौ । लोक दोहोरीमा इतिहास बनाउन सफल गीत सालको पातका गायक कुलेन्द्र विश्वकर्माको नयाँ गीत फुलको चोली आउने खवरले दर्शक,स्रोता उत्साहित भएका छन । 

यस अघि जिम्माल बाको आँगनी जस्तो सदाबहार चर्चित गीतमा सहकार्य गरिसकेका कुशल सर्जक एकनारायण भण्डारीसँगको सहकार्यमा विश्वकर्माले नयाँ गीत सार्वजनिक गर्न लागेका हुन । आफूले नियमित रुपमा गाउने गीत भन्दा यो गीत अलि फरक रहेको विश्वकर्माले आर्थिक सन्देशलाई बताउनु भयो । 

उहाँले गीतको निर्माणमा सम्पूर्ण टिमले निकै मेहनत गरेको समेत बनाउनु भयो । गीत सार्वजनिक हुने खबरले दर्शक स्रोता निकै उत्साहित भएको उहाँको भनाइ छ । गीतलाई विश्वकर्माको आफ्नै युउटुव च्यानलबाट मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । 

अहिले गीतको अन्तिम तयारी भइरहेको विश्वकर्माले हामीलाई बताउनु भयो । 

 

प्रतिक्रिया