दोहोरी च्याम्पियनबाट डिला विकको टीम बाहिरिएपछि दर्शक दुखी - भिडियो सहित

दोहोरी च्याम्पियनबाट आज राजु केसी /डिला बिकको टिम बाहिरिएको छ।आम नेपालीको मन जितेको यो टिम भोटकै कारण बाहिरिएको हो।लाखौ दर्शकले राजु र डिलाको टिमको अपेक्षा गरेका थिए भने अधिकांश सहभागी कलाकारले त् दोहोरी च्याम्पियनका बिजेतानै राजु र डिला हुने ठोकुवा समेत गरेका थिए। सबैलाई रुवाएर यो टिम बाहिरिएको हो।आम दर्शकलाई समेत रुवाएकी छिन डिला बिकले।

 

राजेन्द्र पाठक/मिना नेपालको टिम बिजयी भएर अर्को राउण्डमा प्रवेश भएका छन भने आम दर्शकले दुख व्यक्त समेत गरेका छन।दुवै टिम दरिलो मानिएको थियो।यस अगाडी अधिकंश प्रतिष्पर्धा जितेका राजु केसी र डिला बिकको लागि धेरै प्रतियोगिताहरुमा भाग लिएका गायक राजेन्द्र पाठक र मिना नेपालको टिम पर्दै गर्दा धेरैले यो पटक भने दर्शकले सोचे भन्दा फरक नतिजा आएको हो।

 

 

 

 

दोहोरी च्याम्पियनको पछिल्लो केहि भागहरु रोचक हुदै गएपनि दर्शकले जुन टिमले जित्छ भनेर अनुमान गरेका छन त्यो भने हुन सकेको छैन।भोटकै आधारमा जित हारको निर्णय हुने भएकै कारण अब कसले जित्छ भन्ने बिषय भने भोटमै निहित हुने आयोजक टिमले बताएको छ। जजले दिएको ५० प्रतिशत र बाँकी ५० प्रतिशत भोटको आधारमा हुने जानकारी छ।

 

यस अगाडी मिना नेपालको टिमले कल्पना दाहालको टिमलाइ हराएर अगाडी बढ्न सफल भएको थियो भने डिला बिकको टिमले जेरीको टिमलाइ आउट गरेर अगाडी आउन सफल भएको थियो।टप ८ बाट टप ४ मा आउनको आगी यो लडाई भएको थियो ।

धेरैले राजु केसीको टिम ले जित्छ भनेका थिए भने उस्तै कमेन्ट मिना को टिमलाइ पनि आएको थियो ।आजकै कार्यक्रममा फेरी टप ८ बाट ४ को लागि बाल चन्द्र बरालको टिम र सपना रोकाको टिम लडिरहेको छ। उक्त टिमको मत पनि आगामी शनिबार बाहिरिने छ।

 

कुन टिमले जित्ला भन्ने अनुमान चाही अब दर्शककै जिम्मा मा रहेको हेरौ योकार्यक्रम :

 

प्रतिक्रिया