दुर्गेश थापाले पल शाहलाई भेटेर गरे मनका कुरा

काठमाडौं । नाबालिक गायिकालाई जवरजस्ती गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई गायक दुर्गेश थापाले भेटेका छन । थापाले आफ्नो श्रीमती र छोरासहित कारागार मै पुगेर भेटेका हुन । 

पललाई फसाउनमा दुर्गेश लगाएतका साथीहरुको हात रहेको बताउदै आइएको छ तर थापाले भने मिडियामा आफुले त्यस्तो कुनै गल्ती नगरेको बताउँदै आएका छन । 
जिल्ला अदालत तनहुँमा नाबालिग गायिका र उनका पिताले बयान फेरेसँगै यो प्रकरणमा ट्वीस्ट आयो । दुर्गेशले पनि अदालतमा पललाई सहयोग पुग्ने गरी बयान दिए । उक्त बयानले फेरि दुर्गेश र पलबीच सम्वन्ध सुधारको ढोका खोलेको हो । त्यसो त दुर्गेशले प्रहरीलाई दिएको बयानमा पनि पलमाथि कुनै आरोप लगाएका थिएनन् ।

हिजो कारागारमा भएको भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट अन्तरंग कुराकानी भएको थियो । भावुक माहोलमा भएको कुराकानीमा दुवैले मन माझामाझ गरेका छन । 


थापाले आफुहरुबीचमा भलाकुशारी भएको बताउँदै पल छुट्ने कुरामा आफु ढुक्क रहेको बताएका छन । 
 

प्रतिक्रिया