प्रेम थापा र यशु भट्टराईको अभिनयमा 'मुखै रसाउनी' – भिडियो सहित

काठमाडौं। लोकप्रिय निर्देशक तथा मोडल प्रेम थापा र यशु भट्टराईको अभिनय रहेको नयाँ गीत 'मुखै रसाउनी' सार्वजनिक भएको छ। उत्कृष्ट अडियो र सोही स्तरको भिडियोसहितको यो गीतले दर्शक तथा श्रोताको मन जित्ने निर्माण टिमले विश्वास व्यक्त गरेको छ।

गीतमा महेन्द्र भण्डारी र सिम्रन परियारको सुमधुर आवाज छ। यसलाई विष्णु भण्डारीले शब्द र लय सिर्जना गरेका छन् भने संगीत संयोजन महेन्द्र भण्डारीकै रहेको छ। प्रेम थापाको निर्देशनमा तयार पारिएको यो गीतको छायांकन सुनिल भण्डारीले गरेका हुन्, भने भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्।

निर्माण टिमले गीतलाई माया र साथ दिन दर्शक-श्रोतासमक्ष अपिल गरेको छ। 'मुखै रसाउनी'

Madhus Creation युट्युबमा उपलब्ध छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय