काठमाडौँ – लोकप्रिय गायक तथा सर्जक महेन्द्र रेग्मीको लय र शब्द सिर्जना रहेको नयाँ रोइला गीत “बुद्धि कति काँचो” भर्खरै सार्वजनिक भएको छ।
नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रेग्मीले दर्शकको रुचि अनुसार विभिन्न विधाका गीतहरू सार्वजनिक गर्दै आएका छन्। उनले सार्वजनिक गरेको यस पछिल्लो रोइला गीतमा रमाइलो विषयलाई उत्कृष्ट शब्द संयोजनसहित प्रस्तुत गरिएको छ। साथै, सोही अनुरूपको सुमधुर लय पनि संयोजन गरिएको छ।
महेन्द्र रेग्मी, चिज गुरुङ, निर्जला गुरुङ र सुष्मा बिसीको आवाज रहेको यस गीतमा रेग्मीले नै लय र शब्द सिर्जना गरेका छन्। गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन्। गायक-गायिकाहरूलाई नै भिडियोमा प्रस्तुत गरिएको यस गीतको निर्देशन चर्चित निर्देशक कुमार केसीले गरेका छन्।