सेयर बजार ८.३९ अकंले बढ्यो, कारोबार रकम भने निरन्तर ओरालो

काठमाडौं । साताको चौथो दिन बजारमा सामान्य सुधार देखिएको छ । देशले नयाँ अर्थमन्त्रीका रुपमा प्रकाशसरण महत आएसँगै निरन्तर ओरालो लागेको बजार आज भने सुधार आएको छ ।

अर्थमन्त्री महत बने यता निरन्तर ओरालो लागेको बजार आज भने सामान्य सुधार आएको हो । लगानीकर्ता सरकारको आश्वासन भन्दा पनि काम हेर्ने चाहेका छन् । सरकारले आफु सकरात्मक रहेको भनि आश्वासन दिइ रहदाँ समेत लगानीकर्ता अझैं अन्यौलमा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३९ अकंले बढेर १८७५.०७ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको कारोबार भएको छ ।

बुधबार १० उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत, फाइनान्स समूहको ०.४० प्रतिशत, होटल तथा पर्यटन समूहको १.०४ प्रतिशत र हाइड्रोपावर समूहको ०.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया