४ दिनमा १० लाख दर्शक बनायो विष्णु खत्रीको नयाँ गीत "परान बाँकी छ"ले

काठमाण्डौ । भर्खर मात्र सार्वजनिक भएको लोकदोहोरी गीत परान बाँकी छ युउटुव उत्कृष्टको सूचीको २  नम्बरमा आएको छ । गीतले सार्वजनिक भएको तीन दिनमै यो सफलता पाउन सफल भएको हो । गीतलाई यो समाचार तयार पार्दा सम्म १० l लाख माथि  दर्शकले हेरिसकेका छन ।  गीतले सार्वजनिक भएको ४ दिनमा १० लाख दर्शक बनाउन सफल भएको हो । 

सदाबहार चर्चामै रहने बाग्लुङका सर्जक तथा गायक विष्णु खत्रीको नयाँ गीत परान बाँकी छू ले दर्शकको राम्रो माया पाउन सफल भएको छ । 

नेपालका जिल्लाहरूको नामबाट संयोजन गरिएको सो गीतले माया प्रेमलाई समेत उठाएको छ । उनको सो गीत सार्वजनिक भएको छाेटो समयमै उत्कृष्टको सूचीमा पर्न सफल भएको हो । 

पछिल्लो समयका चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाज रहेको गीतमा विष्णु खत्रीले नै लय तथा शब्द सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो सामान्य बनाइएको छ जसको निर्देशन खत्री आफैले गरेका छन । 

गीतलाई दर्शकले अत्यधिक माया गरेपछि हामीसँग खुसी व्यक्त गर्दै खत्रीले आफ्नो टिमलाई उर्जा मिलेको बताउनु भयो । 

 

प्रतिक्रिया