काठमाडाैं - दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातका दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
बा५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख ३९५६ नम्बरका बसहरू आइतबार दिउँसो ठोक्किएर दुर्घटना भएको प्रहरीको जानकारी छ।
घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याइएको छ र उनीहरूको उपचार भइरहेको छ। दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग पुनः खुलाइएको प्रहरीले जनाएको छ।