मोरङमा करेन्ट लागेर भारतीय दम्पतीको मृत्यु

मोरङ– मोरङको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। भारतको भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीया कुमादेवी मण्डलको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार, मृतकहरू श्रीमान्–श्रीमती हुन्।

भारतीय दम्पतीले बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिई खेतीपाती गर्दै आएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, दम्पतीलाई बुधबार बिहान करेन्ट लागेको थियो। विद्युत प्रवाह भइरहेका बेला मोटर चलाएर पानी तान्ने क्रममा करेन्ट लागेर बिहान ११:५० बजे दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया