मौलिकता र नेपाली संस्कृतिको झल्कोः बद्री सापकोटाको 'ए मेरो राजै'

काठमाडौं - हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा तिजका भाकाहरुको ओइरो लाग्दैछ। दिनहुँ सार्वजनिक भइरहेका तिजका गीतहरुमध्ये केहीले नेपाली संस्कृतिमाथि आघात पुर्याउँदै समाजलाई नै धुमिल बनाएको आरोप लागिरहेको छ। 

त्यही सन्दर्भमा, पछिल्लो समय सार्वजनिक भएको "ए मेरो राजै" गीतले सर्वाधिक लोकप्रियता हासिल गरेको छ। गायक, सर्जक बद्री सापकोटाको लय, शब्द र आवाजमा सजिएको यो गीतले तिज पर्वको मौलिकता र चेलीहरुको भावना उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। गीतमा सापकोटाका साथ चर्चित गायिका सुनिता बुढाको आवाजले थप सौन्दर्यता दिएको छ।

भिडियोमा चर्चित मोडल विमल अधिकारी र अभिनेत्रीहरू अञ्जली अधिकारी तथा आस्था न्यौपानेको सशक्त अभिनय देख्न सकिन्छ। गीतको छायांकन बुद्ध थापाले गरेका छन् भने निर्देशन मौसम हिमालीको रहेको छ। संगीत संयोजन वरिष्ठ एरेन्जर विनोद बाजुरालीले गरेका छन्।

 

 

प्रतिक्रिया