काठमाडौं - नेपाली लोकदोहोरीमा सबैभन्दा धेरै गीत गाउन सफल लोकप्रिय गायक राजु परियारको नयाँ गीत "रक्सी खाँदा कहाँ हिंदी" भर्खर मात्र सार्वजनिक भएको छ ।
परियारले नेपाली सांगीतिक क्षेत्रको लागि २ दशकमा १० हजार गीतहरूमा आवाज दिएको अनुमान छ ।
परियार आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीतमा राजु परियार,इन्द्र जिसी,मञ्जु खनाल र सरस्वती भण्डारीको आवाज रहेको छ । गीतले साथीसँग रमाइलो पललाई गीतमा उतारेको छ ।
हुम गैरेको निर्देशन रहेको गीतमा गीत गाउन कलाकारहरुले नै अभिनय गरेका छन् । गीतलाई राजु परियारको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।