काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक दुर्गेश कार्कीको नयाँ गीत "पोखरामा" सार्वजनिक भएको छ। गीत सार्वजनिक भएपछि दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ।
माया र प्रेमलाई विषय बनाएर तयार गरिएको उक्त गीतका शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने लय दुर्गेश कार्कीले तयार पारेका हुन्। गीतमा दुर्गेश कार्की र मेलिना राईको स्वर सुन्न सकिन्छ।
अस्मिता रनपालको निर्देशनमा बनेको गीतको भिडियोमा अस्मिता रनपाल र लक्ष्मण भण्डारीको अभिनय देख्न सकिन्छ।