बागलुङ्गेलाई समर्पित गीत ‘बागलुङ्गेको बोली’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।
बागलुङका युवा–युवतीको भावना तथा स्थानीय शैलीको प्रशंसा गर्दै तयार पारिएको नयाँ गीत ‘बागलुङ्गेको बोली’ सार्वजनिक भएको छ।

मिलन लामा, कालिका रोका र युवराज छन्त्यालको आवाजमा रहेको यस गीतका शब्द र संगीत युवराज छन्त्यालले सिर्जना गरेका हुन्। गीतमा कृष्ण केसीको संगीत संयोजन रहेको छ।

दिप गुरुङको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कालिका रोका, मिलन लामा, आनन्द गुरुङ, लक्ष्मी गुरुङ, मनोज गुरुङकुसुम थापाको अभिनय देख्न सकिन्छ।

गीतमार्फत बागलुङ जिल्लाको सांस्कृतिक स्वर, स्थानीय बोलीचाली र युवाहरूको जाँगरिलो भावना प्रस्तुत गरिएको छ। भिडियोसहित सार्वजनिक भएको यो गीतले बागलुङेलीको पहिचान र गर्वलाई उजागर गर्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय