प्रतिष्ठानले गर्न नसकेको माग गायक बिष्णु खत्रीले गरे,सबै कलाकारलाई खोप लगाउन माग

काठमाण्डौँ – लोक गायक विष्णु खत्रीले कलाकारलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिलाउन सरकार समक्ष माग राखेका छन् । 

कलाकारको लागि बोल्ने लोकदोहोरी गीत प्रतिष्ठानले पहल गर्नु पर्ने ठाउँमा गायक पहललाई धेरैले प्रशंसा गरेका छन् । 

कोरोना कहरमा भोक, रोग र शोकबाट ग्रसित कलाकारलाई राज्यले ध्यान नदिएको बताउदै गायक खत्रीले कोरोना विरुद्धको खोपमा कलाकारलाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले कलाकारलाई जहिले गहनाको रुपमा मात्रै प्रयोग गरेको गुनासो गरेका छन् । कलाकार विना कला संस्कृतिको संरक्षण संभावना नभएको भन्दै उनले कलाकार समाज रुपान्तरणको सहयोद्धा भनेका छन् ।

गायक खत्रीको फेसबुक स्टाटस जस्ताको तस्तै

सरकार सँग जोडदार अपिल

विषय ः कलाकारहरुलाई प्राथमिकतामा राखी खोप उपलब्ध गराईदिने बारे ।

कलाकार राष्ट्रका गहना हुन भन्ने भनाई धेरैको मुखबाट सुनिन्छ । गहनाको आफ्नै पहिचान छ । कसैले गहना सँधै सँगै साथमा लगाएर हिडछन् भने कसैले गहना विवाह ब्रतबन्ध, भोजभतेर ईत्यादीमा जाँदा लगाउने, अघि पछि बाकसमा थन्क्याउने गर्छन् । गहनाले समाजमा धनी र गरिब बिच खाडल पैदा गरेको छ भने कतिको ज्यान लिएको छ । जहाँ पायो त्यही सजिलै उपलब्ध नहुने हुँदा यसको मूल्य र महत्व बढी छ । यसको आफ्नै शाब्दिक अर्थ छ । कलाकार सँग जोडिएको यसको अर्थ सँग भने मेरो बिमति छ । मानिसका आधारभूत आबश्यकता मध्य गाँस, बास, कपास र मनोरञ्जन हुन् । मेरो बिचारमा कलाकार भनेका मनोरञ्जनका साधन नभएर समाज रुपान्तरणका सहयोद्दा हुन् । समाज परिवर्तनका संवाहक हुन् । सभ्य समाज निर्माणकर्ता पनि हुन् । कलाकारको सिको समाजमा धेरैले गर्न खोज्छन् । एउटा नेताको भाषण भन्दा कैयौ गुना बढी कलाकारको सृजनाले समाजका मानिसहरुमा उत्प्रेरणा जगाईरहेको हुन्छ । कलाकार संस्कृतिका संरक्षक हुन् । देशको संस्कृति संरक्षणमा कलाकारको मुख्य योगदान रहन्छ । देशका पर्यटकिय स्थल, धार्मिक स्थलको प्रचार प्रसारमा कलाकारको कलाले अहम भुमिका खेलेको हुन्छ । लोपोन्मुख संस्कृति बचाएर राख्ने अभिभारा कलाकारको काँधमा छ । हाम्रो जस्तो अल्पबिकसित देशमा त झन नेता गणलाई सत्तामा पु¥याउनको लागि जनता सँग भोट माग्न कलाकारको कला खुबै प्रयोग गरिन्छ । चाहे त्यो कलाकारको भौतिक उपस्थितिमा होस या कलाकारको सृजना मार्फत । विश्वका मानिसहरु यस समयमा कोरोनाको कारण चपेटामा परेको बेला बिडम्बनाको कुरा के छ भने यिनै कलाकारको जीवन यतिबेला बडो दुखदायी,खपीडादायी छ । कला बेच्ने समय प्रतिकुल छ । देश विदेशमा हुने कार्यक्रम ठप्प छन् । मेला महोत्सव हुने ठाउँहरु, दोहोरी साँझ, हलहरु सुनसान छन् । गरिखाने बातावरण छैन् । कतिले आत्माहत्या गरेका छन भने कति भोक, प्यास रोग सँग जुधेर जीवन ब्यतित गरिरहेका छन् । एकाध व्यक्ति, केही परोपकारी संस्थाले दिएको सहयोग प्रायः हात्तीको मुखमा जीरा जस्तै छ । हुँदा खानेहरुलाई हुनेखानेहरुले दिएको र दिए जस्तो गरेको फोटोहरु सामाजिक संजालमा प्रशस्तै देख्न पाईन्छ । उसो त, कतै केही व्यक्ति वा संस्थाले यही मौका छोपेर मागी खाने भाँडो बनाईरहेको कुरा यदाकदा सुन्नमा आएका छन् भने हिसाब किताब पारदर्शिता नभएको घटना समेत बाहिर आएका छन् । यस्तो संकटको घडिमा कलाकारिता पेशामा आबद्ध सबैलाई राज्यको तर्फबाट निभाउने भुमिका खोई ? कलाकार नै नरहँदाको परिदृश्य कल्पना भन्दा बाहिर हुने हनाले भोक, रोग र शोक सँग जुधिरहेका कलाकारहरुलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराईदिनु हुन सरकार सँग जोडदार माग गर्दछु ।

उहीँ लोकदोहोरी गायक बिष्णु खत्री ।

नोट – लोकदोहोरी सँग सम्बन्धित कुनै पनि संस्थाले यो लेखको अनुशरण गरि सरकार सँग पेश गर्न सक्नुहुनेछ । यो समय आफू बाँचौ र अरुलाई बचाउँ ।

प्रतिक्रिया