काठमाण्डौं - लोकप्रिय गायक तथा सर्जक बद्री पंगेनीले आवाज दिएको नयाँ गीत चिल्लो कार दीपिका म्युजिक मार्फत सार्बजनिक गरिएको छ ।
माया प्रेममा धोका खाएपछिको वियोगले गीतले कलात्मक रूपमा देखाउन खोजेको छ । गीतलाई सर्जक दीपक कँडेलले शब्द सिर्जना गरेका हुन् भने चर्चित सर्जक गणेश अधिकारीले लय सिर्जना गरेका छन् ।
गीतमा पंगेनीको एकल आवाज रहेको छ भने अभिनय र निर्देशन समेत उनकै रहेको छ । उनलाई अभिनयमा अस्मिता ढकाल लगायतले साथ दिएका छन् ।
गीतले सार्वजनिक भएको छोटो समयमै राम्रो चर्चा कमाउन सफल भइरहेको छ ।