मंगलबार बढ्यो सुनचाँदीको मूल्य,कति पुग्यो तोलामा

काठमाडौंं - मंगलबार सुनचाँदीको भाउ महंगिएको छ । कात्तिक १५ गते, सुन तोलामा १०० रुपैयाँले बढेको छ । यस दिन चाँदी पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ पुगेको छ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । साताको तेश्रो दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २१५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको थियो । सोमबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कायम रह्याे ।

प्रतिक्रिया