पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियोे । नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउदै टी–२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् ।

यस अघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी–२० को रेकर्ड थियो । त्यस्तै मलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए । नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको नेपालले सबै बिकेट गुमाएर १८६ रन बनायो ।

प्रतिक्रिया