मीना र राजेन्द्र दोहोरी च्याम्पियनबाट "आउट"

काठमाडौँ - दोहोरी च्याम्पियनबाट सबैको प्रिय कलाकार बालचन्द्र बराल र शोभा कार्की फाइनलमा प्रवेश भएका छन।राजेन्द्र र मिना नेपालको टिमलाइ पराजित गर्दै बालचन्द्र बराल र शोभा कार्की सिधै फाइनल राउण्डमा प्रवेश भएको हो।अब प्रकाश पराजुली र मिना बुढाथोकी संग च्याम्पियनको लागि शोभा कार्की र बालचन्द्र बराल भिड्ने छन।

२० लाख पुरस्कार रहेको नेपालको पहिलो दोहोरी रियालिटी सो दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको छ।अबको फाइनल भने पोखरामा हुने आयोजक टिमले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो। कार्यक्रम प्रस्तोता बद्रि पंगेनीका अनुसार दोहोरी च्याम्पियनको बिशेष कार्यक्रम भने पोखरामा हुने जानकारी दिएका छन भने उक्त कार्यक्रम अझ बिशेष रहने समेत बताएका छन।

दोहोरी च्याम्पियनबाट बाहिरिएका गायक राजेन्द्र पाठक र मिना नेपालले फेरी टप ३ को लागि पनि भिड्ने भएका छन।उनीहरु अब टप ३ को लागि लड्ने भएका छन।सबिन आचार्य र रिता रावत संग मिना र राजेन्द्रले भिड्ने छन।राजेन्द्र र मिना लगातार सबैको मन जितेर अगाडी बढेको टिम हो।सुरुमै बालचन्द्र बराल र सोभा कार्की संग आउट भएको यो टिम फेरी जजको छनोटमा परेर फर्किएको थियो।

राम्रो गाउँदा गाउँदै पनि कहिलेकाही भोटकै कारण बाहिरिनु पर्ने परिस्थिति बन्छ त्यो अबस्था यो टिमले भोगेको हो।दर्शकको सुरु देखिनै भोट पाउने टिम भित्र रहेका राजेन्द्र पाठक बिगत १ दशक देखि गीत संगीतमा छन भने मिना नेपाल पनि लामो समय देखि दोहोरी गाउने र स्टेज चढ्ने गायिकामा पर्छिन।

नुवाकोटमा जन्मिएका राजेन्द्रले धेरै दोहोरीहरु गाउँदै आएका छन,बिशेष टेलिभिजनहरुमा प्रशारण हुने लाइभ दोहोरीमा उनि काठ क्षेत्रको प्रतिनिधित्व गरेर गीत गाउने गर्दछन जसले धेरै माया पाएको पनि पाइन्छ।यता मिना पनि धेरै ठाउँमा दोहोरी गाउने गायिका हुन्,ओखलढुंगामा जन्मिएकी मिना बिशेष आवाजले असाद्धै राम्रो गाउने गायिका हुन् भने टुक्का पनि कडा दिन सक्ने गायिका भित्र पार्छिन।

 

प्रतिक्रिया