जनकपुर बोल्ट्सले जित्यो पहिलो नेपाल प्रिमियर लिगको उपाधि

काठमाडौं – जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उपाधि जितेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट प्रदर्शन गर्दै ८७ रन बनाए। यस्तै, कप्तान आशिफ शेखले ३३ रन र हर्ष थाकरले अविजित ३० रनको योगदान दिए।सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एकरएक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सैफ जैबले ६९ रन बनाए भने विनोद भण्डारीले ४१ रनको योगदान दिए। जनकपुरका बलर महोम्मद मोसिन र किशोर महतोले समान तीनरतीन विकेट लिए। ललित राजवंशी र जेम्स निशमले एकरएक विकेट लिएका थिए।


एनपीएलको उपाधिसँगै जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानमा रहेको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन्।


नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले सहभागिता जनाएका थिए।

नेपालमा पहिलो पटक आयोजित एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा दिलाएको छ। कर्णाली याक्सबाट भारतीय क्रिकेटर शिखर धवनको सहभागिताले प्रतियोगिताको महत्व बढाएको छ। साथै, विश्व चर्चित क्रिकेट हस्ती ब्रायन लाराले पनि प्रतियोगिता अवलोकन गरेका थिए।

यसले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया