निरन्तर ओरालो लाग्दै कोरोना संक्रमण,यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

काठमाडौं - आइतबार १५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ६ हजार ६०४ पीसीआर परीक्षणमध्ये १५४ जनामा र २ हजार ३१४ एन्टिजेन परीक्षणमध्ये ४ जनामा संक्रमण पाइएको हो ।

नेपालमा कोरोनाका कारण थप २ जनाको निधन भएको छ । हालसम्म ११ हजार ५२३ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । 

२४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या भने ३४२ रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कुल ९ लाख १६ हजार ३५० जनामा कोभिड १९ पोजिटिभ पाइएकोमा ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् । 

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४२ जना र ललितपुरका १२ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ छ भने क्वारेन्टिनमा रहनेको संख्या ९८ छ ।

प्रतिक्रिया