काठमाडौं - नेपाली लोकसंगीत पारखी माझ युवा गायिका टिका सानु निकै चर्चित छन् । उनी विशेष गरी लाईभ दोहोरीको लागि माहिर मानिन्छन् ।
इन्द्रेणी मार्फत धेरै दर्शक माझ परिचित गायिका अहिले एक टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्छिन् । साथै लाईभ दोहोरी समेत चलाउँछिन् । उनले टेलिभिजनमा आउने दोहोरी आफ्नो युट्युब च्यानल बाट पनि सार्वजनिक गर्ने गरेकी छन् ।
यसै बीच टीकाको भर्खर मात्र एउटा दोहोरी विवादमा आएको छ । उनले प्रस्तुत गरेको दोहोरीमा अङ्ग्रेजी शब्द संयोजन गरिएको छ । उनको सो दोहोरी सार्वजनिक भएपछि दोहोरीका केही अग्रजहरुले पनि गीतको आलोचना गरेका छन् ।
दोहोरीमा त्यो पनि अङ्ग्रेजी भन्नेहरुको संख्या धेरै छ । यसै बीच हामीले गीत विवादमा आएपछि गायिका टिका सानुसंग गीतको विषयमा कुराकानी गरेका छौं । आउनुहोस् विडियो रिपोर्ट हेरौं