उत्कृष्टताको निरन्तरता, पूर्खे बाको असली तीज गीत "पानी मरुवा भाग ५"

काठमाडौं - विगत ४ वर्षदेखि निरन्तर मौलिक तीज गीत सार्वजनिक गर्दै आएका कलाकार पुरुषोत्तम भण्डारीको यो वर्षको लागि नयाँ तीज गीत सार्बजनिक गरेका छन् । 

यस अघिका भागलाई निरन्तरता दिँदै पानी मरुवा भाग ५ सार्वजनिक गरिएको हो । यस अगाडिका भागमा जस्तै यो भागलाई पनि भण्डारीले निकै दमदार बनाएका छन् । गीत असली तीज गीत जस्तै रहेको छ भने पारिवारिक कथा बोकेको छ । 

गीतमा भण्डारी आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने आवाजमा लक्ष्मी तिवारी,सुनिता बुढा र रामप्रसाद पौडेलको आवाज रहेको छ । गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतमा पुरुषोत्तम भण्डारी, लक्ष्मी तिवारी, रेनुका भट्टराई र रामप्रसाद पौडेलको अभिनय रहेको छ । गीतलाई भण्डारी आफैले निर्देशन गरेका हुन । 

 

प्रतिक्रिया