काठमाण्डौ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आउन अब एक महिना पनि बाँकी छैन । तर नेपाली सांगीतिक क्षेत्रमा भने आज भन्दा एक महिना अघिबाट नै तीज गीत सार्वजनिक भइरहेका छन ।
तीजको समयमा नारीका बेदना बोकेका मात्र गीतहरू सार्वजनिक भएका छैनन् माया प्रेम र समाजका विकृति माथि पनि गीत बनेका छन । विगतमा जस्तो छोरी चेली लिनको लागि लामो बाटो हिँडेर जानु पर्ने अवस्था पनि अहिले छैन साथै सामाजिक सञ्जाल लगायत सञ्चारको विकासले तीजको महत्वलाई केही कमी गर्दै लगेको देखिन्छ । यति हुँदा हुँदै पनि तीजमा चेलीका बेदना बोकेका गीतहरू सार्वजनिक भइरहेका छन र दर्शक स्रोताको मन समेत जितिरहेका छन ।
यसैबीच कुशल विश्वकर्मा र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत जे चाहिन्छ त्यहि छैन भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा कुशलकै लय तथा शब्द सिर्जना रहेको छ भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।
मौषम हिमालीको निर्देशन रहेको गीतमा शेखर घर्ति मगर,अस्मिता रनपाल,नविना बास्कोटा सुनार र कुसल स्वयमकै पनि अभिनय रहेको छ । गीतलाई गुण एक्सन नेपालले बजार ब्यवस्थापन गरेको छ ।