काठमाण्डौ - अब्बल सर्जक तथा गायक प्रकाश सपुतको यो वर्षको लागि तीज गीत कुरा बुझ्नु पर्छ भर्खर मात्र सार्वजनिक भएको छ ।
फरक धारमा फरक तवरले प्रस्तुति गर्ने सपुतको यो वर्षको गीतमा शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतले युवतीको कथालाई कलात्मक रुपमा उठाएको छ ।
प्रकाश आफ्नै निर्देशन रहेको गीतमा स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी,कालु राना,कमला रेग्मी,अनिता बस्ने र सुनिल विकको आवाज रहेको छ ।