काठमाडौं – गायक सुरेश बीसी र गायिका सीमा नेपालीको स्वरमा रहेको नयाँ गीत "कुटु कुटु मुटु" सार्वजनिक गरिएको छ। प्रेम भावनामा आधारित यस गीतमा सुरेश बीसीकै शब्द र संगीत रहेको छ।
बिशाल निरौलाले एरेन्ज गरेको गीतमा रत्न बीकेले बाँसुरी र हेमन्त कञ्चा रसाइलीले सारंगी वादन गरेका छन्। गीतको रेकर्डिङ अलंकार स्टुडियोमा गरिएको हो भने रञ्जन राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोको कथा तथा निर्देशन सिजन नेपालीले गरेका हुन्। बिरेन्द्र परियारको छायांकन रहेको भिडियोको सम्पादन अनिशा नानुले गरेकी छन्।
गीतले प्रेमका भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेको छ भने भिडियोमा कथा र दृश्य संयोजनको उत्कृष्ट समायोजन गरिएको छ। "कुटु कुटु मुटु" डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ।