विहानै त्रिशूलीमा गाडी खस्यो

नारायणगढ - मुगलिङ सडक खण्डको ३ नम्बर पुलमा सवारी दुर्घटना भएको छ । मंगलबार बिहान करिब ४ बजेको समयमा पुलबाट त्रिशूली नदीमा गाडी खसेको मुगलिङ प्रहरीले जनाएको छ । 

घटनास्थलमा खटिएको उद्धार टोलीकाअनुसार दुर्घटनामा परेको गाडी भारतीय नम्बर प्लेटको भएको खुलेको छ । पुलको रेलिङबाट सिधै नदीमा खसेको उक्त गाडीको नम्बर प्लेट र २ थान चप्पल प्रहरीले दुर्घटना स्थलमा फेला पारेको छ । दुर्घटना स्थल छेउमा बीके ०९ जिसी १४३० को भारतीय नम्बर प्लेट फेला परेको छ । तर, सो नम्बर प्लेट दुर्घटनामा परेको गाडीको हो वा होइन भन्ने पुष्टी भएको छैन् । 

सडकबाट नदीमा गाडी खसेको सूचना पछि उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । दुर्घटनामा परेको गाडी र यात्रुबारे कुनै जानकारी प्राप्त भएको छैन्। दुर्घटनामा स्थलमा रहेका पत्रकार बिनोद श्रेष्ठकाअनुसार दुर्घटनामा परेको गाडी नदिमा पुरै डुबेको छ । उद्धार टोली नदीमा प्रवेश गर्दैछन् । सीधा कुरा बाट

 

प्रतिक्रिया