काठमाण्डौं - चर्चित गायक तथा सजक कस्तुप पन्तको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत पिरतीको बन्धन् भर्खर सार्बजनिक भएको छ ।
निकै सुमधुर लय तथा शब्द सिर्जना रहेको गीतमा रामजी खाँड र पूजा देवकोटाको आवाज रहेको छ ।
गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शक स्रोतको मन् जित्न सफल भएको छ भने सामाजिक सञ्जालमा समेत चर्चा कमाइरहेको छ ।
काजिस श्रेष्ठको निर्देशनमा बनेको म्युजिक भिडियोमा करिश्मा ढकाल र गायक रामजी खाँडको अभिनय रहेको छ साथै बाल कलाकार आयुषा ढकाल र जिवस् जीवन श्रेष्ठको समेत अभिनय रहेको छ । गीतलाई कस्तुप पन्तको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।