काठमाडौं - चर्चित गीत पिरका सर्जक प्रकाश सपुतले आफ्नो गीत युट्युबबाट हटाएका छन् । तर गीत फेरि अपलोड गरिएको छ ।
अहिले हालिएको नयाँ गीतमा विवादित भाग भने हटाइएको छ । यो समाचार तयार पार्दा सम्म गीतले हजारौं दर्शक बनाइसकेको छ ।
पहिलो गीत नहटाउँदा सम्म गीतले ७ दिनमा एक करोड दर्शक बनेको थियो । माओवादीले गीतलाइ निकै आलोचना गरेका थिए । पूर्व लडाकु देह व्यापारमा लागेको दृश्य विशेष विवादमा परेको थियो ।