दिनहुँ घटबढ सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार

काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै सुनको भाउ उकालो लागेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर बनेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ । जुन, हिजो आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । असार महिना लागेसँगै सुनको मूल्य प्रतितोला ९७ हजार आसपास घुमिरहेको छ । महासंघले दैनिक कारोबार मूल्य तोक्दै असार १ गते ९६ हजार ५०० रुपैयाँ रहेको जनाएको छ । त्यसयताका दिनमा ९७ हजारकै आसपास सुनको मूल्य अड्किएको छ ।

प्रतिक्रिया