आफ्नो पछिल्लो गीत "हो र हो" ले गति लिएपछि चकित छन तेजश रेग्मी

काठमाण्डौ । धौलागिरीमा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गायक तेजश रेग्मीले अभिनय गरेको नयाँ गीत हो र हो चर्चित बनेसँगै रेग्मीले खुसी ब्यक्त गरेका छन । 

गीतले लाखौं दर्शक बनाउदै सामाजिक सञ्जाल टिकटकमा समेत निकै चर्चा पाइरहेको छ । गीतका टिकटकमा मात्र ५० हजार भन्दा धेरै भिडियो नक्कल गरिएको छ । गीतका हरेक शब्दहरुलाई दर्शकले निकै मन पराइरहेका छन । 

नेपाली मौलिक शब्द र लय सिर्जनालाई टिपेर गीत बनाइएको छ । गीतमा पछिल्लो समयका चर्चित गायक प्रकाश पराजुली र गायिका रिना केसीको आवाज रहेको छ । गीतमा गोविन्द पौडेलको शब्द रहेको छ भने दिनेश क्षेत्रीले गीतको लय सिर्जना गरेका छन । 

कुमार केसीले निर्देशन गरेको गीतमा यादव देवकोटा,तेजश रेग्मी,रुविना अधिकारीको  अभिनय रहेको छ । गीतलाई तेजश रेग्मीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतका हरेक टुक्का टिकटकमा भाइरल जस्तै भएका छन । 

 

प्रतिक्रिया