काठमाण्डौ । आफ्ना थोरै गीतहरुबाट दर्शक माझ चम्किलो परिचय बनाउन सफल युवा गायक हुन रुपेश न्यौपाने । उनै न्यौपानेले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीत आधी रातैमा रातारात चर्चामा आएको छ । पुस महिनाको अन्त्य तिर सार्वजनिक भएको पञ्चेबाजाको उनको गीतलाई दर्शकले निकै मन पराएका छन ।
सार्वजनिक भएको २४ घण्टामै गीतका टिकटकमा २० हजार भन्दा धेरै भिडियोको नक्कल भइसकेका छन भने युउटुवमा पनि दर्शकको राम्रो प्रक्रिया पाइरहेको छ । गीतको सबै भन्दा उत्कृष्ट पक्ष भनेको शब्द हो । गीतले माया प्रेम छुट्न लागेका प्रेमीहरुको कथालाई निकै कलात्मक शब्द सहित गीतमा उतारेको छ । शब्द जस्तै गीतको संगीत समेत सुमधुर रहेको छ । गीतको धेगो सुर्य न्यौपानेले बनाएका हुन भने बाँकी लय तथा शब्द रुपेश आँफैले बनाएका छन ।
गीतमा रुपेश आफैले युनिक आवाज दिएका छन भने उनलाई आवाजमा अहिलेकी चर्चित गायिका सुनिता बुढाले साथ दिएकी छन । गीतको अडियो दमदार रहे पनि भिडियो भने तुलनात्मक रुपमा सामान्य नै छ । सागर ज्ञवालीको निर्देशनमा बनेको भिडियोमा मुकुन भुषाल,दिब्याणी ओली,कविना न्यौपाने र सन्तोष थापाले अभिनय गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो यस्तो छ