नेपालमा भूकम्पको धक्का

काठमाण्डौं - मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन। 

भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।

प्रतिक्रिया