काठमाडौँ। नेपाली संगीत क्षेत्रमा दुई दशकदेखि सक्रिय गायक तथा सर्जक तेजश रेग्मीले नयाँ गीत ‘पानी बाराबार’ सार्वजनिक गरेका छन्। माया प्रेममा विछोड हुने जोडीको कथा प्रस्तुत गरिएको यो गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गायक तेजश रेग्मी र गायिका देवी घर्तीको सुमधुर आवाजमा तयार भएको गीतमा केशव सापकोटाले शब्द सिर्जना गरेका छन् भने लय गायक रेग्मी स्वयंले तयार गरेका छन्। रमेश सेञ्चुरीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ।
भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका छन् भने गायक तेजश रेग्मी, सुवास खत्री र रचना न्यौपानेले दमदार अभिनय प्रस्तुत गरेका छन्। गीतलाई जनता डिजिटलले बजार व्यवस्थापन गरेको छ।