काठमाडौं । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आफ्ना विदेश शाखाहरू विस्तार सुरु गरेको छ। संस्थाको प्रतिनिधित्व गर्दै युरोप यात्रामा रहेका गायक विष्णु खत्रीको उपस्थितिमा शाखा विस्तार गरिएको हो। स्थापना भएको छोटो समयमै परिषद्ले निकै राम्रा कामहरू गर्दै आएको छ।
सकेसम्म धेरै देशहरूमा संस्थालाई पुर्याई सबैको अपनत्व लिने गरी संस्थालाई अगाडि बढाइने खत्रीको भनाइ छ। उनलाई विदेश संगठन विस्तारको लागि परिषद्ले संयोजक पनि तोकेको छ। यो पहिलो विदेश विभाग हो।
पोर्चुगलको नयाँ कार्य समितिको संयोजकमा सज्जन हमाल चयन भएका छन्। यस्तो छ त्यहाँको कार्यसमिति:
- संयोजक: सज्जन हमाल
- उप-संयोजक: दिनेश बिष्ट
- सचिव: अर्जुन सुनाम
- सह-सचिव: अमृत कुमार विश्वकर्म
- कोषाध्यक्ष: अनु गुरुङ (जुना)
- सह-कोषाध्यक्ष: जिना रसाइली
- सदस्य: छवि पौडेल
- सदस्य: दिपक भण्डारी
- सदस्य: दिनेश खड्का
- सदस्य: विक्रम आचार्य
- सदस्य: रितु अधिकारी
- सदस्य: देवी गर्बुजा मगर
- सदस्य: विष्णु भण्डारी
- सदस्य: आशीष बि.सी
- सदस्य: भिम राज परियार
- सदस्य: दुर्गा के.सी
- सदस्य: अर्जुन भुसाल