काठमाण्डौ — छोटो समयमा नै नेपाली लोकदोहोरी क्षेत्रमा लोकप्रियता कमाएका सुरेश कोहली अब फिल्म अभिनयमा देखा पर्न लागेका छन्। आकर्षक व्यक्तित्व र उत्कृष्ट अभिनय क्षमताका कारण दर्शक स्रोतामाझ छुट्टै छवि बनाउन सफल सुरेशले आफ्नो पहिलो चलचित्र खेल्ने घोषणा गरेका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यो खुसीको खबर सार्वजनिक गर्दै चलचित्र अभिनयको सुरुवात गर्न लागेको जानकारी दिएका हुन्।
आर्थिक सन्देशसँगको कुराकानीमा सुरेशले पहिलोपटक फिल्म खेल्ने अवसर पाएर आफू अत्यन्त हर्षित भएको बताए। साथै, अभिनयमा आफूले निर्वाह गर्न लागेको भूमिकालाई पूर्ण इमानदारीका साथ न्याय दिने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।
सुरेश ‘आचार्य’ नामक चलचित्रमा देखिन लागेका हुन्, जसको छायांकन चाँडै सुरु हुने तयारीमा रहेको जनाइएको छ। उनले एक्सन स्टार निखिल उप्रेतीसँग देखिने छ ।