मौलिक संस्कृति जोगाउन कम्मर कसेका कुमार, शिव र अशोक (भिडियो सहित)

काठमाण्डौ – नेपाली सांगीतिक क्षेत्रमा धेरै विद्याका गीतहरू छन्। विभिन्न चाड पर्वमा गाइने गीत, धर्मकर्ममा गाइने गीत, विरहमा गाइने गीत लगायतका। यस अन्तर्गत धार्मिक विद्याका गीतहरू सबैभन्दा धेरै लोप हुँदै गइरहेको प्रष्ट देख्न सकिन्छ।

यो कुराले पिरोलेपछि चर्चित निर्देशक कुमार केसीले केही कदम चालेका छन्। उनका एकपछि अर्को लगातार सार्वजनिक भइरहेका लोक भजनले पनि त्यो कुराको पुष्टि गर्छ। भर्खर मात्र केसीले नयाँ भजन गीत सार्वजनिक गरेसँगै यसको चर्चा समेत चल्न थालेको छ। केसीको अभियानमा साथ दिएका छन् मौलिक गीतमा कुशल रूपमा कलम चलाउने सर्जक शिव अखेलीले। उनले यस अघिको केसीको गीतमा पनि शब्द सिर्जना गरेका थिए। त्यस्तै, यो पटक अशोक पौडेल पनि जोडिएका छन्। उनले मौलिक भाकालाई यो गीतमा संयोजन गरेका छन्।

पशुपतिनाथ बोलको सो भजनमा कुमार केसी आफैंले आवाज दिएका छन् भने उनलाई आवाजमा सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन्। गीतमा निकै उत्कृष्ट शब्दहरूको संयोजन गरिएको छ। गीतको संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन्।

यता, म्युजिक भिडियोको निर्देशन केसी आफैंले गरेका छन् भने आफ्नै यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेका छन्।

 

प्रतिक्रिया