"तिम्रो आँखैमा" गीत उत्कृष्टको सूचीमा,भिडियो र शब्दको चर्चा बढी

काठमाण्डौ । कालजयी गीतहरु सिर्जना गरिसकेका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट सिर्जना तिम्रो आँखैमा सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्न सफल भएको छ । यो समाचार तयार पार्दा सम्म गीतले करिव ४ लाख दर्शक बनाएको छ भने युउटुवको उत्कृष्टको छौटौं स्थानमा समेत रहेको छ । 

गीतको  शब्द र भिडियोको दर्शकले निकै प्रसंसा गरेका छन । गीतलाई शान्ती श्री परियार,कर्ण रसाईली र प्रल्हाद सुवेदीको आवाज दिएका छन । साे गीतमा सुवेदी आँफैले लय तथा शब्द सिर्जना गरेका छन भने  माया प्रेमलाई निकै कलात्मक रुपमा गीत र भिडियोमा उठाइएको छ । 

कृष्ण केसीको संगीत संयोजन रहेको गीतमा चर्चित निर्देशक कुमार केसीले निकै मेहनत गरेर निर्देशन गरेका छन । गीतमा निता ढुङ्गाना र लोमश शर्माले अभिनय गरेका छन । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरु आइरहेको निमार्ण युनिटले हामीलाई जानकारी दिएको छ । 

गीतको पुरै म्युजिक भिडियो यस्तो छ

 

प्रतिक्रिया