नेपालका राजनीतिक दलमा युवा नेताहरूले चाँडै उच्च नेतृत्वमा पुग्न कठिनाइ सामना गर्नुको कारण के हो? पार्टीहरूको प्रणालीमा के त्यस्तो जटिलता छ, जसले निकै क्षमतावान नेतालाई समेत नेतृत्व तहमा पुग्न रोक्छ? यी प्रश्नहरूलाई नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापासँगको कुराकानीमा उठाइएकाे छ ।
गगन थापाले राजनीति गर्न थालेको झण्डै तीन दशक पुग्न लागिसक्यो। उनी पार्टी नेतृत्वका आकांक्षी हुन्, तर त्यहाँ पुग्न सकिरहेका छैनन्। के उनलाई आफ्नो लोकप्रियता पहिलेभन्दा खस्कन थालेको महसूस हुँदैन?
थापाले नेपालमा उदाएका नयाँ राजनीतिक शक्तिहरुलाई कसरी हेरेका छन्? आम जनतामा समग्र राजनीतिक वर्गप्रति बढेको वितृष्णा र आक्रोशलाई उनी कसरी लिएका छन्?
यी सबै प्रश्नहरूमा थापाको दृष्टिकोण र विचारलाई प्रस्तुत गर्ने यो आलेखले नेपाली राजनीति र युवाहरूको भविष्यलाई नयाँ तरिकाले अवलोकन गर्ने प्रयास गरेको छ -